खाद्य सुरक्षा र सम्वृद्धिका बिषयमा केन्द्रित
सामाजिक संजालमा यति धेरै र सजिलै समय विती रहेको हुन्छ, कहिले काहीँ त पछुतो पनि लाग्दो रहेछ। यदि प्राथमिकता निर्धारण गरिएन भने समाचार र विचारको जङल भित्र सहजै हराउन सक्ने सम्भावना छ। यो समस्याले तपाई र ममात्र होइन मानव सभ्यता नै घेरिएको छ।
विकासमा तपाइँ हाम्रो प्यास मेटिएकै छैन। उल्टै विकासको अभाव, प्रभाव र दवावले थिल्थिलिएका छौं। हामीसँग यस्तो विकास उपलब्ध छ कि खाने कुराको स्वाद लिँदालिँदै रोग लागेर मृत्यु नजिक पुगी सकेको पत्तै हुँदैन। खाने कुरा जाने अमृत, नजाने बिष समेत बन्दो रहेछ।
खाने कुरामा बिषादी, किटनासक अखाद्य बस्तु प्रयोग गरेर झन् स्वस्थ्य जोखिम थपिएका छन्। पानीका मुहान सुक्दै गए। वातावरण प्रदुषित भयो। गगनचुम्बी घरैघरको शहर बने। खेति गर्ने जमिन सकिन थाले। अहोरात्र खटेर नीति निर्मातालाई खाने कुरा दिने किसान नै सबैभन्दा धेरै पीडीत छन्! अनि अव्यवस्थित सहरीकरणले बाढिपहिरो, महामारी, रोग-व्याधि र सहर भित्रै चरम असमानता, गरिवी जस्ता विरोधाभाष पनि थपिए। त्यसैलाई विकाश भनिएको छ!
जब मानिसले विकास भनेर पिउने पानी पाउँदैन, जलवायू संकट आउँछ, खेती गर्ने जमिन बाँकि रहन्न भने बाँच्ने आधार खै त?! अनुसन्धानहरूले के देखाएका छन् भने- भविष्यमा हुने बसाइ सराइ र द्वन्दको पहिलो कारण पिउने पानी, खाने कुराको अभाव हुनेछन्।
त्यसैले, लाग्यो कि- हाम्रो विकासले हाम्रै शन्ततिलाई असुरक्षित बनाइ रहेको छ। यस्तो प्रवृत्तिमा सुधार जरुरी छ। उपलव्धिहरू जोगाएर विनास रोक्न सुधार आवश्यक छ।
सामाजिक संजालको झिलिमिलिमात्र नियाल्नुभन्दा विकास र खाद्य सुरक्षाका विषयमा प्राथमिकता बनाउनु पनि ठीकै लाग्यो। यसैलाई प्रस्थान विन्दु बनाएर पनि विकासको बहुआयामिक पक्ष समेटन सकिन्छ।
विकास एकाङ्की बिषय हुँदैहोइन। यसै क्रममा खाद्य सुरक्षा, खाद्य व्यवस्था, क्षमताको विस्तार, पद्धतिको लचकता (सीस्टम रिजिलियन्स) र कल्याणमा आधारित नयाँ अर्थतन्त्र सम्बन्धि बहु आयामिक विचार वरिपरि विकास खोज्न सकिन्छ। साथै खाने कुरा नै विनास हुने, जोखिममा पार्ने गरी उठेको किसानमारा विकास त विनास हो भन्ने बिचारमा दृढ छु। सकेसम्म यिनै विषयलाई समेटी वसिबिँयालो गर्न यो सीमान्त लिएर आएको हूँ। तपाईको सहयोग, सुझाव सँधै प्रशंसनीय रहने छ। धन्यवाद।
प्रकाशित लेख, विचार र रचना
नियमित ब्लग पोष्ट
- माटो जोगाउनेदेखि पर्यावरण र खाद्य सुरक्षासम्मकेही महिना अघि जग्गी बासुदेव उर्फ सद्गुरू नेपाल आएका बेला ‘माटो जोगाऊँ (सेभ सोयल) भन्ने पोष्टर समातेका शासक(?!)हरूका फोटा सामाजिक…
- वेलायतमा नेपालीले मनाए दशैं र विन्टर पार्टी साँझवेलायत, वेलायत स्थित बेजिङस्टोक नेपाली समाज (बीएनसी) ले हालै बडादशैं र तिहारको अवसर पारेर १ अक्टोवरका दिन ‘शितकालिन पार्टी’ सम्पन्न…
- बिएनसी घरदैलो सदस्यता अभियान संचालनवेलायत, वेजिङस्टोक———————— वेलायत स्थित वेजिङस्टोक नेपाली समाजले घरदैलो सदस्यता अभियान एवं सो क्षेत्रमा बसोवास गर्दै आएका नेपालीहरूको जनगणना गर्ने निर्णय…
- भारतको रामनगर, सेन राजा र टीकानिधि वाग्ले जोडन सक्ने लेख…… उनीसँग नेपाली कांग्रेसको स्थापनाकालका गतिविधि झल्काउने तस्बिरदेखि अन्य महत्वपूर्ण दस्तावेजहरू सुरक्षित छन्। यति मात्र होइन, हजुरबुबा अम्बिकाप्रसाद र अम्बिकाका ठूलोबुबा देवीप्रसादले…
- बालेनले जितेको मन र मतः राजनीतिमा मडारिएको लौरोनिर्वाचन आयोगले हालै सम्पन्न स्थानीय निकायको असी प्रतिशत निर्वाचन परिणाम आइसकेको उद्घोष गरिरहेका बेला काठमाण्डौको फोहर उठन छाडेर सतप्रतिशत चाङ…
- बेजिङस्टोकका नेपालीले खेलकुद र मनोरञ्जन सहित भव्य समर पार्टी सम्पन्न गरेवेलायत स्थित बेजिङस्टोकमा वसोवास गर्दै आएका नेपालीले गत मार्च २३ तारिखका दिन स्थानिय पप्ली कम्युनिटी सेन्टरमा भव्यताका साथ ग्रिष्मकालिन पार्टी…
- बेजिङस्टोक नेपाली समाजको सातौँ अधिवेशन सम्पन्नहालै बेलायतस्थित बेजिङ स्टोक नेपाली समाज युकेको सातौँ अधिवेशन स्थानीय चुट हाउसको हलमा सम्पन्न भएको छ। १२ मार्च, २०२२ का…
- एमसीसीको बल्छीमा गड्यौंला र माछायतिखेर नेपाल एमसीसीको बल्छीमा अल्झिएको छ। राजनीति, सामाजिक संजाल, गाउँ-घर, मेला-पातो र पँघेरामा सुनिने विषय बनेको छ एमसीसी! मानौं यो…
- कसले कसलाई लगानी गरेको छः धनीले गरिवलाई कि गरिवले धनीलाई ?सन्दर्भः कोप-२६ सम्मेलन जलवायु परिवर्तनबाट हुने मानवीय क्षतिलाई रोक्ने त सबैले भनेकै छन् तर त्यसकालागि आवश्यक पर्ने लगानीको श्रोत कसरी…
- कोप-२६ सम्मेलनः प्रभावमा पारिएकाहरू निर्णयको केन्द्रमा हुनुपर्छकन्फरेन्स अफ पार्टीसीपेन्टस (कोप) को छव्वीसौं मिटीङ (कोप-२६) संयुक्त अधिराज्यको स्कटल्याण्डमा जारी छ। गत ३१ नोभेम्वरदेखि सुरू भएको यो सम्मेलनको…
- सम्झनामा प्रेमसिंह धामी : ‘काठमाडौंलाई किन दुख्दैन कालापानी ?’प्रेमसिंह धामीको निधन भएको २३ वर्ष (जन्म : २००९।०५।२९ : मृत्यु २०५४।०५।२७) भइसकेको छ । यसबीचमा महाकालीमा धैरै पनी बगिसकेको…
- दशैं, वेलायत र विस्तारित नेपाली संस्कृतिजगदीश वाग्ले स्वदेशभित्र दशैंको विविधताले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक महत्वमा जे जसरी आकार फैलाउँदै गएको छ त्यसको प्रभाव विदेशिएका…
विशेष पोष्ट
चित्रमा विचित्र संसार